होमपेजचितवन विशेषचेपाङ बस्तीमा तरकारीको बिउबिजन हस्तान्तरण

चेपाङ बस्तीमा तरकारीको बिउबिजन हस्तान्तरण

चितवन , भाद्र २९ – कारितास जर्मन – करितास नेपालीको आर्थिक सहयोगमा नेपाल ग्रामीण आत्मानिर्भर अभियान रुसेक चितवनको अगुवाइमा बिपन्न चेपाङ बस्तीमा तरकारीको बिउबिजन बितरण गरेको छ । चितवन जिल्लाको इच्छकामना गाउ पालिका वडा न १ र २ मा संचालित परियोजना उत्थानशिल चेपाङ समुदायको निर्माणका लागि ऐकिकृत कार्यक्रममा आबद्ध ५२७ परिवार लाई बीउ बिजन बितरण गरिएको हो । चेपाङ समुदायको आय आर्जन जिबिकोपार्जन सहज गराउने उदेश्यले मौसमी तथा बेमौसमी तरकारी खेतीमा टेबा पुर्याउन बिउबिजन उपलब्ध गराइको सस्थाका अध्यक्ष रबिकिरण पौडेलले बताए । बितरण कार्यक्रममा सस्थाका प्रतिनिधिहरु अमृता थापा मगर र स्मृति चेपाङ लगायतको सहभागिता रहेको थियो । बितरण गरिएका बीउ बिजनहरुमा धनिया , मुला , गाजर ,काउली , साग केराउ लगायत करिब २लाख ६० हजार रुपैया बराबरको बीउ बिजन हस्तान्तरण गरिएको हो ।

ताजा समाचार