चितवन, भदौ २९– चितवनको भरतपुर स्थित चितवन मेडिकल कलेजको प्रयोगशालामा आज सोमबार गरिएको परिक्षणमा थप ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । परीक्षणका क्रममा चितवनका २३ जनासहित थप ४७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमीत हुनेहरुमा भरतपुर महानगरपालिकाका मात्रै २१ जना रहेका छन् । महानगरपालिकाका विभिन्न वडाका १४ जना पुरुष र ७ जना महिला रहेका छन् । यस्तै खैरहनी नगरपालिका वडा नम्बर २ का ७५ वर्षीय पुरुष र रत्ननगर नगरपालिका वडा नम्बर १ की २६ वर्षीया महिलामा समेत भाइरस देखिएको हो ।
त्यस्तै थप संक्रमितहरुमा मकवानपुरका १५ जना, नवलपरासी पूर्व गैंडाकोटका २ जना, रौतहट, सर्लाही, तनहुँ र झापाका एक/एक जनामा संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा आज कुल ३५८ नमुना परीक्षण गरिएकोमा थप ४७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।