चितवन, भदौ २९– चितवनको भरतपुर स्थित भरतपुर अस्पताल कोभिड–१९ परिक्षण प्रयोगशालामा आज दिउसो गरिएको परिक्षणमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।परीक्षणका क्रममा भरतपुर महानगरपालिका र कालिका नगरपालिकाका गरी ११ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा भरतपुर महानगरपालिकाका मात्रै ४ जना रहेेेका छन् । जसमा दुई जना पुरुष र २ जना महिला छन् । उनिहरुको उमेर समूह २१ बर्ष देखि ३८ बर्ष रहेको छ । यस्तै कालिका नगरपालिकाका ७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा ५ जना पुरुष र २ जना महिला रहेका छन् । उनिहरु ७ बर्षका बालक देखि ३४ बर्ष सम्मका रहेका छ्न ।संक्रमितहरु सबैको पुरानो मेडिकल कलेज र सप्तगण्डकी अस्पतालबाट स्वाब संकलन गरिएको कोभिड -१९ परिक्षण प्रयोगशालाले जनाएको छ ।