होमपेजचितवन विशेषकोरोना संक्रमणका कारण चितवनमा थप एक महिलाको मृत्यु

कोरोना संक्रमणका कारण चितवनमा थप एक महिलाको मृत्यु

चितवन , भाद्र २९ – कोरोना संक्रमणका कारण चितवनमा थप एकजना संक्रमितको मृत्यु भएको छ ।भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचारत गैडाकोट नगरपालिका वडा नम्बर ९ कि ६२ बर्षिय एक महिलाको उपचारका क्रममा मृत्यु भएको हो । उनमा स्वासप्रश्वासको समस्या देखिएको र भदौं १७ गते कोरोना पुष्टि भएपछि कोभिड आइसियूमा उपचारको क्रममा गएराति मृत्यु भएको हो । आइतबार राति ११ं.३० बजे उनको मृत्यु भएको कलेजका प्रशासन प्रमुख प्रताप देवकोटाले बताए । चितवनमा कोरोना संक्रमणका कारण हाल सम्म २९ जनाको मृत्यु भै सकेको छ ।

ताजा समाचार