Home चितवन विशेष चितवनका थप २८ जनामा कोरोना संक्रमण पुष्ठि

चितवनका थप २८ जनामा कोरोना संक्रमण पुष्ठि

0

चितवन, भदौं ,२९–चितवनको भरतपुर स्थित भरतपुर अस्पताल कोभिड – १९ परिक्षण प्रयोगशालामा आइतबार गरिएको परिक्षणमा चितवनका थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुरका ११ जना र अन्य पालिकाका १७ जना गरि थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । चितवनका संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका वडा नम्बर ५,६,८,१०,१२ र१८ का रहेका छन् । ती मध्ये ७ जना पुरुष र ४ जना महिला रहेका छन् । संक्रमीत महिलाहरुको उमेर ३९ बर्ष देखि ५५ बर्ष रहेको छ भने पुरुषहरु २३ बर्ष देखि ५२ बर्ष सम्म उमेरका छ्न । उनीहरुको भरतपुर अस्पताल स्वाब केन्द्र र क्वारेन्टिन वाट स्वाब संकलन गरिएको जनाइएको छ ।
यस्तै थप संक्रमितहरुमा कालिका नगरपालिका वडा नम्बर ८ र ३ का ५ जना पुरुष र ५ जना महिलामा समेत कोरोना संक्रमण देखिएको छ । उनिहरु २ बर्षका बालक देखि ४६ बर्ष सम्मका पुरुष र ४ बर्षकि बालिका देखि ४१ बर्ष सम्मका महिला रहेका र उनिहरुको क्वारेन्टिन बाट स्वाब लिइएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् । थप संक्रमितहरुमा रत्ननगर नगरपालिका वडा नम्बर २ का ३१ बर्षका पुरुष र इच्छाकामना गाउपालिकाका ६ जना पुरुषमा समेत कोरोना संक्रमण देखिएको हो । उनिहरुको उमेर समूह २४ बर्ष देखि ५१ बर्ष रहेको र उनिहरुको स्वाब क्वारेन्टिन बाट लिइएको हो । प्रयोगशालामा आइतबार १७३ नमुना परिक्षण गर्दा २८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।