होमपेजखेलकुदनेपाली राष्ट्रिय क्रिकेटका खेलाडी ललित भण्डारी दुर्घटनामा गम्भीर घाइते

नेपाली राष्ट्रिय क्रिकेटका खेलाडी ललित भण्डारी दुर्घटनामा गम्भीर घाइते

कञ्चनपुर, भाद्र २८ – नेपालका राष्ट्रिय क्रिकेटर ललित भण्डारी घाइते भएका छन् । आईतबार उनी चढेको मोटरसाईकल र मिनि ट्रक झलारी बजारमा एक आपसमा ठोक्किदा भण्डारी घाइते भएका हुन्।

आईतबार साँझ महेन्द्रनगरबाट झलारीतर्फ गईरहेको म २ प ४७०५ नम्बरको मोटरसाईकल र धनगढीबाट महेन्द्रनगरतर्फ आईरहेको से १ ख १३२४ नम्बरको मिनि ट्रक झलारी बजारमा एक आपसमा ठोक्किएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमर बहादुर थापाका अनुसार भण्डारीको टाउको, हात र कम्मरमा चोट छ। उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ । भण्डारीसँगै मोटरसाईकलमा सवार करन ठगुन्ना समेत घाइते भएको डिएसपी थापाले बताए । उनका अनुसार ट्रक चालक भने फरार रहेका छन् । -महेन्द्रनगर पोस्ट

ताजा समाचार