काठमाडौं, भाद्र २८ – आगामी असोज १ गते स्वास्थ्यकर्मी र कोरोना संक्रमितहरूको मनोबल बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राति ८ बजे दीप प्रज्वलन गर्न सबैमा आग्रह गरेको छ।
स्वास्थ्य सेवा विभागका उपचार सेवा महाशाखा प्रमुख डा। तारानाथ पोखरेलले सम्पूर्ण स्वास्थ्यकर्मीहरूको सम्मान र संक्रमितहरुको मनोबल बढाउन घर घरमा दीप प्रज्वलन गर्न सबैलाई आग्रह गरिएको जानकारी दिए।
विश्व विरामी सुरक्षा दिवसको अवसर मन्त्रालयले दीप प्रज्वलन गर्न सबैमा आग्रह गरेको डा। पोखरेलले जनाए।