होमपेजताजा समाचारबिरोध पछि जग्गा कित्ताकाट फुकुवा वदर

बिरोध पछि जग्गा कित्ताकाट फुकुवा वदर

काठमाडौं, भदौ २८ – केही दिन अगाडी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले फुकुवा गरेको जग्गा कित्ताकाटसम्बन्धी निर्णय पुन बदर भएको छ। खेतीयोग्य जमिन खण्डिकरण हुन थालेको भन्दै सर्वत्र विरोध भएपछि मन्त्रालयले उक्त निर्णयहरु भदौ २५ गते बदर गरेको हो।
मन्त्री अर्यालको उक्त निर्णय भूमिसम्बन्धी ऐन तथा नियमावली २०७४ विपरीत भएको चर्चा भए सगै बिरोध भएको थियो । मन्त्रालयका सहसचिव दीपकुमार पहाडी द्वारा हस्ताक्षर गरि सार्वजनिक गरिएको निर्णयमा गत भदौ १८ गते कृषियोग्य जग्गाको खण्डीकरणसम्बन्धी भएका निर्णयहरु बदर गरिएको छ भनेर जनाइएको छ।‘भू-उपयोग नियमावली जारी नहुन्जेलसम्म लागि जग्गाको कित्ताकाट सम्बन्धमा नेपाल सरकार मन्त्रीस्तरबाट भाद्र १८ गते कृषियोग्य जग्गाको खण्डीकरणसम्बन्धी भएका पूर्वनिर्णयहरू बदर गरिएको छ,’ निर्णयमा भनिएको छ। मन्त्रालयले मन्त्री अर्यालले २०७५ पुस २७ गते जारी गरेको पुरानो निर्देशन पनि बदर गरेको जनाइएको छ।

ताजा समाचार