चितवन, भदौ २७– चितवन स्थित भरतपुरमा रहेको चितवन मेडिकल कलेजको प्रयोगशालामा आज शनिबार गरिएको परिक्षणमा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
अस्पतालको कोभिड प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ११ र बाँकी अन्य जिल्लाका संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका ९ जना र रत्ननगर नगरपालिकाका २ जना रहेका छन् । यस्तै नवलपरासी पूर्वका ८ जना, बाँके, काठमाडौं, रुपन्देही, तनहुँ र लमजुङका एक एक जना रहेका अस्पतालले जनाएको छ । यस अघि भरतपुर अस्पतालको कोभिड परिक्षण प्रयोगशालामा शुक्रवार राती मात्र चितवनका ८७ जनामा कोरोना संक्रमण पुष्ठि भएको थियो ।