होमपेजचितवन विशेषचितवनका एकै दिन ८७ जनामा कोरोना संक्रमण , भरतपुरका मात्रै ७३ जना...

चितवनका एकै दिन ८७ जनामा कोरोना संक्रमण , भरतपुरका मात्रै ७३ जना थपिए

चितवन, भदौं ,२७ – चितवनमा एकै दिन ८७ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ । चितवनको भरतपुर स्थित भरतपुर अस्पताल कोभिड – १९ परिक्षण प्रयोगशालामा शुक्रबार गरिएको परिक्षणमा चितवनका थप ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। थप संक्रमण भएकाहरुमा भरतपुर महानगरपालिकाका मात्र ७३ जना रहेका छ्न । भरतपुरका संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका वडा नम्बर १ ,२ ,३, ५,६,७ , ९ ,११, १० , ११ , १२ र १५ का रहेका छन् । ती मध्ये ५० जना पुरुष र २३ जना महिला छन् । संक्रमीत महिलाहरुको उमेर १५ बर्ष देखि ४२ बर्ष रहेको छ भने पुरुषहरु ३ बर्षका बालक देखि ९० बर्ष उमेर समुहका छ्न । उनीहरुको भरतपुर अस्पताल स्वाब केन्द्र र पुरानो मेडिकल कलेज वाट स्वाब संकलन गरिएको जनाइएको छ । यस्तै चितवनका थप संक्रमितमा रत्ननगर नगरपालिका वडा नम्बर १३ र १५ का २ जना महिला , खैरहनी नगरपालिका वडा नम्बर १का २ जना महिला र २ जना पुरुष तथा कालिका नगरपालिका वडा नम्बर २,८,७ का ६ जना पुरुष र २ जना महिलामा कोरोना संक्रमण पुष्ठि भएको हो । उनिहरुको क्वारेन्टिन बाट स्वाब संकलन केन्द्र बाट स्वाब लिइएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् । प्रयोगशालामा शुक्रवार ५३३ नमुना परिक्षण गर्दा ८७ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

ताजा समाचार