Home चितवन विशेष भरतपुर अस्पतालमा मृत्यु भएका मध्ये थप एक जनामा कोरोना संक्रमण

भरतपुर अस्पतालमा मृत्यु भएका मध्ये थप एक जनामा कोरोना संक्रमण

0

चितवन, भदौ २७ – चितवनको भरतपुर अस्पतालमा मृत्यु भएका तीन जना मध्ये थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनको रत्ननगर नगरपालिका वडा नम्बर २ का ४६ बर्षका पुरुष भदौ २५ गते राति १०:३५ मा अस्पतालको आकस्मिक कक्षमा ल्याउदा नै मृत्यु भैसकेको अस्पतालले जनाएको छ । मृतकको आफन्तको भनाइ अनुसार निजलाई उच्च ज्वोरो, खोकी र श्वाशप्रश्वाशमा समस्या रहेको थियो । उनको स्वाब परिक्षण गर्दा शुक्रबार राति कोरोना पुष्टि भएको हो । यो सगै चितवनका कोरोना संक्रमणका कारण मृत्युहुनेको संख्या १६ पुगेको छ ।
यस्तै खैरहनी नगरपालिका वडा नम्बर ११ कि २२ वर्षका महिलाको भदौ २५ गते दिउसो २:४० बजे अस्पतालको आइ.सी.यु कक्षमा उपचार गर्दागर्दै जटिल निमोनियाको कारणले मृत्यु भएको र राप्ती नगरपालिका वडा नम्बर ४ कि १८ वर्षकी महिलाको भदौ २६ गते बिहान ९ बजे मृत अवस्थामा अस्पतालमा पुर्याइएको अस्पतालले जनाएको छ । उनिहरु दुबैको कोरोना परिक्षणको नतिजा नेगेटिभ आएको अस्पताालले जनाएको छ ।