Home चितवन विशेष कोरोना संक्रमणका कारण भरतपुर अस्पतालमा थप एक पुरुषको मृत्यु

कोरोना संक्रमणका कारण भरतपुर अस्पतालमा थप एक पुरुषको मृत्यु

0

चितवन , भाद्र २६ – चितवनको भरतपुर स्थित भरतपुर अस्पतालमा आज साझ थप एक जना पुरुषहरूको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । चितवनको राप्ती नगरपालिका-५ बस्ने ६१ वर्षीय पुरुषको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनलाई भदौ २५ गते कोरोना संक्रमण सहित उच्च ज्वोरो, खोकी र श्वासप्रश्वाशमा समस्या भई अस्पतालको कोभिड आइ. सी.यु मा भर्ना गरिएको तथा भदौ २४ गते कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।उनको स्वास्थ्य अवस्था थप जटिल हुदैँ गएपछि अस्पतालको कोभिड आइसियु मा राखी भेन्टिलेटरसहित उपचार गर्दा गर्दै आज शुक्रवार साझ ७ बजे मृत्यु भएको जनाइएको छ ।