चितवन, भदौ २६ – नारायणगढ–मुग्लिन सडक खण्डमा आज िबहान पहिरो खस्दा दुईतर्फी बाटो अवरुद्ध भएको छ ।
इच्छाकामना गाउँपालिका–६ चोरखोला भन्ने ठाउँमा आज (शुक्रबार) विहान ८ः१० बजेको समयमा पहिरो खस्दा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिएका छन् ।