Home चितवन विशेष भरतपुरको परिक्षणमा थप ३५ जनामा कोरोना संक्रमण

भरतपुरको परिक्षणमा थप ३५ जनामा कोरोना संक्रमण

0

चितवन, भदौं ,२६ –चितवनको भरतपुर स्थित भरतपुर अस्पताल कोभिड – १९ परिक्षण प्रयोगशालामा बिहिबार गरिएको परिक्षणमा थप ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुरका ३१ , अन्य जिल्लाका ३ र एक जना पुराना संक्रमीत गरि थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । चितवनका संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका वडा नम्बर ३, ११, १० , १२ र २६ का रहेका छन् । ती मध्ये २६ जना पुरुष र ५ जना महिला छन् । संक्रमीत महिलाहरुको उमेर २५ बर्ष देखि ५४ बर्ष रहेको छ भने पुरुषहरु १२ बर्ष देखि ५७ बर्ष उमेर समुहका छ्न । उनीहरुको भरतपुर अस्पताल स्वाब केन्द्र र पुरानो मेडिकल कलेज , पुष्पान्जली अस्पताल , बिपि कोइराला क्यान्सर अस्पताल र क्वारेन्टिन वाट स्वाब संकलन गरिएको जनाइएको छ ।
यस्तै थप संक्रमितमा नवलपुर गैंडाकोट नगरपालिकाका एक जना पुरुष र एक जना महिला र पर्साको ठोरीका एक जना महिलामा समेत कोरोना संक्रमण देखिएको छ । उनिहरुको भरतपुर अस्पताल स्वाब संकलन केन्द्र बाट स्वाब लिइएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् । प्रयोगशालामा बिहिबार १५६ नमुना परिक्षण गर्दा ३५ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।