होमपेजचितवन विशेषअयोध्याधाम बनाउने विषयमा माडी ७ मा छलफल र भेला

अयोध्याधाम बनाउने विषयमा माडी ७ मा छलफल र भेला

चितवन , भाद्र २५ – चितवनको माडीमा अयोध्याधाम बनाउने विषयमा विभिन्न छलफल चलिरहेको बेला माडी नगरपालिका वडा नं ७ मा अाज बिहीबार छलफल कार्यक्रम सम्पन्न भएको छ । माडीमा अयोध्याधाम बनाउनको लागि माडी नगरपालिकाले कृष्णनगर पार्क, गणेशकुञ्जा र दक्षिण अयोध्यापुरीलाई सिफारिस गरेपछि माडी ७ पनि उपयुक्त उपयुक्त स्थल रहेकोले अनुसन्धान अगाडि बढाउनुपर्ने माग गर्दै छलफल कार्यक्रमा गरिएको हो । माडी ७ का स्थानीयहरु पनि अध्ययन अनुसन्धान अगाडि बढाउनको लागि धर्मराज खनालकोे संयोजककत्वमा समिति समेत गठन गरिएको छ ।छलफलको क्रममा संयोजक खनालले माडी ७ मा रामको जन्मभूमिका सम्बन्धमा उपयुक्त आधारहरु रहेकाले अनुसन्धान अगाडि बढाउनुपर्ने धारणा राखेका थिए । छलफलमा अयोध्या अध्ययन अनुसन्धान र व्यवस्थापन समितिका संयोजक नारदमणि पौडेलले माडी ७ मा रामधाम बनाउने विषयमा जागरूक भएर अगाडि बढ्नु सकारात्मक काम भएको जनाउँदै सम्भावित स्थलहरुको अध्ययन अनुसन्धान गरिने धारणा राखेका थिए । छलफल कार्यक्रममा माडी नगरपालिका का प्रवक्ता एवम् वडा नं ९ का वडाध्यक्ष शिवहरि सुवेदी, वडा नं ७ का अध्यक्ष बालकृष्ण सापकोटा, सामाजिक अगुवा श्रीप्रसाद दवाडी ,पण्डित सुदर्शन सुवेदी, कृष्णानन्द बत्स,भोजराज देवकोटा,कृष्णबहादुर रानाभाट,नेत्र काफ्ले लगायतले सम्भावित स्थलहरुको अध्ययन अनुसन्धान गरी समग्र माडीलाई नै धामको रुपमा विकास गर्नुपर्ने आवश्यकता भएको बताएका थिए। छलफल कार्यक्रममा कृष्णानन्द बत्सले माडी ७ मा रहेका अयोध्या सम्बन्धि विभिन्न आधारहरुले प्रधानमन्त्रीको धारणालाई निष्कर्षमा पुर्याउने तथ्यहरु प्रस्तुत गरेका थिए ।

ताजा समाचार