Home चितवन विशेष नारायणगढ जेसिजको जेसिज सप्ताह भब्यतापुर्बक सम्पन्न

नारायणगढ जेसिजको जेसिज सप्ताह भब्यतापुर्बक सम्पन्न

0

चितवन , भाद्र २४ – नारायणगढ जेसिजको महान चार्ड्का रुपमा लिइएको जेसिज सप्ताह २०२० भब्यतापुर्बक सम्पन्न भएको छ ।साताब्यापी भर्चुअल जुम एप्लिकेशनको माध्यम बाट गरिएको कार्यक्रममा अन्तर जेसिज बक्तृत्वकला प्रतियोगिता, ब्यबसायी सग बैंक अन्तरक्रिया ,कृषिको युबाहरुमा सम्भावना , अनलाइन कक्षा अबसर र चुनौती ,जेसिज अन्तर्राष्ट्रिय एक गन्तब्य लगायत गरिएको हो । समापन समारोहमा आध्यात्मिक प्रबचन कार्यक्रम सात दिन इन्द्रेणी रङ स्वरुपमा सहित सम्पन्न भएको छ । फेसबुक लाइभ र जुम मार्फत कार्यक्रम लाई १० हजार बढी ब्यक्तिहरुले अबलोकन गरेका थिए ।कार्यक्रमका मुख्य संयोजकमा जेसि सुर्यभक्त अधिकारी रहेका थिए भने शाखा अध्यक्ष जेसि अनोज जोशिको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा इस्कोन नेपालका रिजन सह सेक्रेटरी ,अन्तर्राष्ट्रिय गुरु ,मोटिभेसनल स्पिकर ,पुर्ब शोभियत आर्मि कमान्डर प्रा.डा.इगर ओभलोन्कोभ प्रमुख प्रवचक रहेका थियो । कार्यक्रमको संचालन तालिम आयुक्त जेसि शोभाखर अधिकारीले गरेका हुन ।