होमपेजताजा समाचारआज कोरोना संक्रमित १०८१ जना थपिए, ९१८ जना डिस्चार्ज

आज कोरोना संक्रमित १०८१ जना थपिए, ९१८ जना डिस्चार्ज

काठमाडौं, भाद्र २४ – नेपालमा कोरोना भाइरसका आज १ हजार ८१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ४९ हजार २ सय १९ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् । आजसम्म ३३ हजार  ८ सय ८८ जना संक्रमणमुक्त भएका छन् । आज ९१८ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

ताजा समाचार