कैलाली, भाद्र २४ – बाजुरामा प्रहरीमाथि आक्रमण भएको छ । जिल्लाको त्रिवेणी नगरपालिका –४ तोलीमा प्रहरीमाथि आक्रमण भएको हो ।
सोमबार राति स्थानीय बजारमा मदिरा सेवन गरेर होहल्ला गरेको भन्दै नरेन्द्र साउदलाई प्रहरीले प्रक्राउ गरेको थियो। साउदलाई पक्राउ गरि मापसे परीक्षण गरेर फर्किँदै गर्दा प्रहरी माथि आक्रमण गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र सिहं ठगुन्नाले जानकारी दिए ।
पक्राउ परेका युवाहरूका आफन्त तथा साथीहरूले ढुङ्गा मुढा प्रहार गरेको उनले बताए । आक्रमणबाट तीन जना प्रहरी घाइते भएका छन् । प्रहरीमाथि आक्रमण गर्ने तीन जनालाई प्रक्राउ गरिएको र अन्य चार जना फरार रहेको जनाइएको छ । -sudur daily