होमपेजचितवन विशेषअविरल बर्षाका कारण चितवनका विभिन्न स्थानको जनजीवन प्रभावित

अविरल बर्षाका कारण चितवनका विभिन्न स्थानको जनजीवन प्रभावित

चितवन , भाद्र २४ – मंगलवार वाट परेको अविरल बर्षाको कारण चितवनको विभिन्न स्थानको जनजीवन प्रभाबित भएको छ । बर्षाका कारण जिल्लाका विभिन्न स्थानमा डुबान र नदिहरुमा आएको बाढीले जनजिबन प्रभावित बनेको हो । भरतपुर नगरपालिकाका क्षेत्रका धेरै स्थानका सयौं घर डुबानमा परेका छ्न भने नदि नालामा पानीको बहाब उच्च भएकाले आवतजावतमा समस्या भएको छ । बर्षाका कारण भरतपुर बिमानस्थल आसपासको क्षेत्र जलमग्न भएको छ । एअरपोर्ट अगाडी रहेका दर्जनौ घरमा पानी पसेको छ भने पसल र यातायात कार्यालयहरु लगायतका क्षेत्र डुबानमा परेका छ्न । उता एअरपोर्ट तिर बाट छिरेको बाढीले कृष्णपुर रिजालचोक, गौतम चोक , सिर्जना चोक लगायतका स्थानका दर्जनौ घर तथा पसलहरु डुबानमा परेका छ्न भने सडक क्षेत्र जलमग्न हुदा हिडडुलमा समेत समस्या भएको छ । त्यसै गरि अविरल बर्षाकै कारण भरतपुर वडा नम्बर ११ र १२ का अधिकाश क्षेत्र डुबानमा परेको छ । ढल निकासको उचित ब्यबस्थापन हुन नसक्दा सो क्षेत्रमा दर्जनौं घर डुबानमा परेका हुन । उता माडी क्षेत्रमा पनि निरन्तरको बर्षाले माडीका सबै खोलाहरुमा पानीको बहाब उच्च भएका कारण यातायात संचालनमा अबरोध आएको छ भने नदि कटानका कारण क्षेति भएको बताइएको छ । यता नारायणी नदिमा आएको बाढीका कारण शब दहन स्थलमा समेत क्षती पुगेको स्थानियहरुले बताएका छ्न । देबघाट क्षेत्रमा सडक नै भासिएका कारण आवतजावत समेत समस्या भएको छ ।

ताजा समाचार