Home चितवन विशेष भरतपुरको परिक्षणमा थप १२ जनामा कोरोना संक्रमण

भरतपुरको परिक्षणमा थप १२ जनामा कोरोना संक्रमण

0

चितवन, भदौं ,२४ –चितवनको भरतपुर स्थित भरतपुर अस्पताल कोभिड – १९ परिक्षण प्रयोगशालामा मंगलवार गरिएको परिक्षणमा चितवनका ११ लगायत थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ११ र अन्य जिल्लाका १ जना गरि थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । चितवनका संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका वडा नम्बर ४ , ६ र १० का रहेका छन् । ती मध्ये ७ जना महिला र २ जना पुरुष छन् । संक्रमीत महिलाहरुको उमेर ९ बर्षको बालिका देखि ५४ बर्ष रहेको छ भने पुरुषहरु ३५ बर्ष देखि ४८ बर्ष उमेर समुहका छ्न । उनीहरुको भरतपुर अस्पताल स्वाब केन्द्र र पुरानो मेडिकल कलेज वाट स्वाब संकलन गरिएको जनाइएको छ । यस्तै थप संक्रमितहरुमा चितवनको माडी नगरपालिका वडा नम्बर ६ र ७ का २ जना , १८ महिनाको बालक र २७ बर्षका पुरुषमा समेत कोरोना संक्रमण देखिएको छ । उनिहरु दुबैको होम क्वारेन्टाइन बाट स्वाब लिइएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् । त्यस्तै सिन्धुपाल्चोकका एक ३९ बर्षका पुरुषमा समेत कोरोना संक्रमण देखिएको छ । प्रयोगशालामा मंगलवार २५७ नमुना परिक्षण गर्दा १२ जनामा कोरोना पोजेटिभ देखिएको हो ।