Home चितवन विशेष चितवन राष्ट्रिय निकुञ्जमा मृत अबस्थामा गैडा भेटियो

चितवन राष्ट्रिय निकुञ्जमा मृत अबस्थामा गैडा भेटियो

0
फाइल फाेटाे

चितवन, भाद्र २३ – चितवन राष्ट्रिय निकुञ्जमा मृत अवस्थामा रहेको दुर्लभ एकसिंगे गैंडा भेटिएको छ । निकुञ्जको वाँदरझुला आईल्याण्ड क्षेत्रमा दुई दिन अघि शंङ्कास्पद अवस्थामा मृत गैंडा भेटिएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अन्दाजी २५–३० वर्षको गैंडाको टाउकोमा दुईवटा प्वाल र पछाडीको भागमा धारिलो हतियारले काटेको घाउ छ । खाग र खुर सुरक्षित रहे पनि हतियारको प्रयोग गरी गैंडा घाईते बनाईएकाले तस्करले नै मारेका होइन भन्ने अवस्था नरहेको बरालले बताउनुभयो । तस्करले खाग र खुरका लागि गैंडा मार्ने गर्दछन् । गैंडा मारे पनि उनीहरुले खाग खुर लैजान नसकेको हुन सक्ने बताईएको छ ।

भदौ २१ गते घोलमा गढेर उभिएको तर गलेको अवस्थामा गैंडा भेटिएको थियो । मृत भाले गैंडाको टाउकोमा दुईवटा प्वाल रहेका थिए । करिब एक साता अघि गैंडा मरेको अनुमान गरिएको छ । गैंडा तस्करले मारेको आशंकामा निकुञ्जमा सुरक्षा सतर्कता वढाईएको छ । घटना शंकास्पद भएपछि थप अनुसन्धान अगाडि बढाईएको बरालले न्यूजभित्तोलाई बताउनुभयो ।

बि.संं २०७३ साल चैत २६ गते भरतपुर महानगरपालिका वडा नं. २२ जगतपुरको बेलहठ्ठा हरियाली मध्यवर्ती सामुदायिक वनमा तस्करले गैंडा मारेका थिए । त्यस यता हालसम्म चोरी शिकारीका कारण गैंडा मारिएका थिएनन् ।

निकुञ्जमा साउन यता तीन वटा गैंडा प्राकृतिक कारणले मरेका छन् । पछिल्लो गणना अनुसार नेपालमा ६ सय ४५ वटा गैंडा रहेकोमा ती मध्ये ६ सय ५ वटा चितवन राष्ट्रिय निकुञ्जमा रहेका छन् । – न्युज  भित्तो