होमपेजचितवन विशेषचेपाङ परिवारलाई कुखुराका चल्ला र दाना बितरण

चेपाङ परिवारलाई कुखुराका चल्ला र दाना बितरण

चितवन , भाद्र २२ – चितवनको इच्छाकामना गाउँ पालिका वडा नम्बर १ र २ को चेपाङ बस्तीमा सोमबार स्थानिय जातको कुखुराको चल्ला र दाना बितरण गरिएको छ । उत्थानशिल चेपाङ समुदाय निर्माणका लागि एकीकृत कार्यक्रममा आबद्ध महिला सदस्यहरू लाई चल्ला र दाना बितरण गरिएको हो ।  कार्यक्रममा आबद्ध एक सय जना महिलाहरु लाई प्रती परिवार १५ वटा कुखुराको चल्ला र जम्मा ४ सय केजि दाना उपलब्ध गराइएको सहयोगी संस्था करितास जर्मन ,करितास नेपाल , नेपाल ग्रामीण आत्मानिर्भर अभियान (रुसेक) चितवनका अध्यक्ष रबिकिरण पौडेलले बताए । कार्यक्रममा संस्थाका तर्फ वाट स्मृति चेपाङ र अमृता थापामगर लगायतको सहभागी रहेको थियो । इच्छाकामनामा संचालित उत्थानशिल चेपाङ समुदाय निर्माणका लागि एकीकृत कार्यक्रममा आबद्ध महिला सदस्यहरू लाई संस्थाले चेपाङ परिवारको आय आर्जन र दिगो ब्यबस्थापनमा सहयोग पुर्याउन विभिन्न कार्यक्रम गर्दै आएको छ ।

ताजा समाचार