काठमाडौं, भाद्र २१ – नेपालमा कोरोना भाइरसका आज ९ सय ८० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ४६ हजार २ सय ५७पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् । आजसम्म २८ हजार ९ सय ४२ जना संक्रमणमुक्त भएका छन् । आज १८ सय १४ जना संक्रमणमुक्त भएको डा।गौतमले जानकारी दिए ।