Home चितवन विशेष कोरोना संक्रमणका कारण चितवनमा थप एक पुरुषको मृत्यु

कोरोना संक्रमणका कारण चितवनमा थप एक पुरुषको मृत्यु

0

चितवन, भदौ २१–कोरोना भाइरस संक्रमण कारण चितवनमा थप एक जना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय पुरुषको आज आइतबार विहान ८ः०३ बजे मृत्यु भएको हो ।
छातीमा समस्या भइ भदौं १२ गते उपचारका लागि चितवन मेडिकल कलेजमा ल्याइएको र उनको भदौं १३ गते परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए । उनको अवस्था थप जटिल बन्दै गएपछि उनलाई कोभिड आइसीयूमा भेन्टिलेटरको सहायतामा उपचार गरिएकोमा आज बिहान उनको मृत्यु भएको हो । योसंगै कोरोना संक्रमणबाट चितवनमा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।