होमपेजचितवन विशेषभरतपुरको परिक्षणमा चितवनका ३० जना संक्रमीत थपिए

भरतपुरको परिक्षणमा चितवनका ३० जना संक्रमीत थपिए

चितवन, भदौं ,२१ –चितवनको भरतपुर स्थित भरतपुर अस्पताल कोभिड – १९ परिक्षण प्रयोगशालामा शनिबार गरिएको परिक्षणमा चितवनका ३० लगायत थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ३० र अन्य जिल्लाका ४ जना गरि जम्मा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । चितवनका संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका विभिन्न वडाका रहेका छन् । ती मध्ये ११ जना महिला र १८ जना पुरुष छन् । संक्रमीत महिलाहरुको उमेर १० बर्ष देखि ५० बर्ष रहेको छ भने पुरुषहरु १० बर्ष देखि ६६ बर्ष उमेर समुहका छ्न । उनीहरुको भरतपुर अस्पताल स्वाब केन्द्र वाट स्वाब संकलन गरिएको जनाइएको छ । यस्तै थप संक्रमितहरुमा पूर्वी चितवनको राप्ती नगरपालिकाका ३४ बर्षका एक जना ना पुरुषमा समेत कोरोना संक्रमण देखिएको छ । चितवन बाहिर नवलपुर कावासोतीका २ जना महिला , बुलिङटारका १ जना पुरुष र कास्की पोखराका ३० बर्षका पुरुष समेत कोरोना संक्रमण भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् । प्रयोगशालामा शनिबार १३४ नमुना परिक्षण गर्दा ३४ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

ताजा समाचार