होमपेजचितवन विशेषप्रभात दिदी बहिनी सहकारीद्धारा मोवाईल एप तालिम सञ्चालन

प्रभात दिदी बहिनी सहकारीद्धारा मोवाईल एप तालिम सञ्चालन

चितवन , भदौ, २० – प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाले मोवाईल एपलीकेशन सम्बन्धी तालिम सञ्चालन गरेको छ । सदस्यहरूलाई प्रविधि मैत्री बनाउने उद्देश्यले अनलाई मार्फत प्रथम चरणको तालिमको आयोजना गरिएको संस्थाले जनाएको छ ।आज एक कार्यक्रमका बिच संस्थाका सञ्चालक समिति सदस्य र विभिन्न उपसमितिका सदस्यहरुलाई मोवाईल एपलिकेशन सञ्चालन सम्बन्धी तालिम दिएको हो ।
कार्यक्रममा बोल्दै नेफ्स्कून उपाध्यक्ष शान्ति अधिकारीले मोवाईल एपले महिलाहरुलाई प्रविधिमा जोड्ने काम गरेको बताइन । घरमै बसेर प्रविधि मार्फत आफ्नो मासिक बचन तिर्न, बिजुली पानी, नेट लगाएतका रकम भुक्क्तानी देखि हरेक आर्थिक कारोवार मोवाईलबाट घरमै बसेर गर्ने सकिने हुदाँ यो प्रविधि निकै प्रभावकारी हुने उपाध्यक्ष अधिकारीको भनाइ छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष बिमला न्यौपाने ज्ञवालीले अहिलेका हरेक कामकाजी र व्यस्त महिलाहरुका लागि विभिन्न निकायमा गएर लाईनमा बसेर नगद तिर्दा समयको बचत हुने र विभिन्न झन्भटबाट बच्नका लागि मोवाईल एप सञ्चालनमा ल्याईएको बताइन। उनले लकडाउनको समयमा भने अनलाई मार्फत ईच्छुकहरुलाई मोवाईल एप सम्बन्धी तालिम दिदै जाने योजना संस्थाको रहेको बताइन । कार्यालयमा सेवा लिन आउने शेयर सदस्यहरुलाई कार्यालयमा नै मोवाईल एप सम्बन्धी जानकारी दिने काम गरीएको सचिव साधना प्रोखेलले बताइन । मोवाइल एप मार्फत बिजुलीको बिल भुत्तानी, टेलिफोनको बिल भुत्तानी, मोवाईल रिचार्ज लगाएतका कामहरु घरमै बसेर गर्न सकिने सो अवसरमा बताईएको थियो । तालिमलाई नेफ्स्कून आईटी अफीसर राजन सुबेदी र संस्थाका कर्मचारी प्रतिमा शाहले सहजीकरण गरेका थिए ।

ताजा समाचार