होमपेजताजा समाचारकोरोनाबाट नेपालमा थप ९ जनाको मृत्यु, १०४१ संक्रमित थपिए

कोरोनाबाट नेपालमा थप ९ जनाको मृत्यु, १०४१ संक्रमित थपिए

काठमाडौं, भाद्र २० – नेपालमा थप १०४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै काठमाडौं उपत्यकामा ४०८ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ३२६, भक्तपुरमा ४५ र ललितपुरमा ३७ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार २७७ पुगेको मन्त्रालयले बताएको छ ।

त्यसैगरी नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८० पुगेको मन्त्रालयले बताएको छ ।

ताजा समाचार