होमपेजचितवन विशेषमाडीमा पिसिआर रिपोर्ट अनिबार्य : बाध्यात्मक अबस्था सिर्जना गरिएको स्थानीयको गुनासो

माडीमा पिसिआर रिपोर्ट अनिबार्य : बाध्यात्मक अबस्था सिर्जना गरिएको स्थानीयको गुनासो

चितवन , भाद्र २० – चितवनको माडी नगरपालिका क्षेत्र भित्र निषेधाज्ञा खुकुलो बनाइएको भए पनि पिसिआर रिपोर्ट देखाएर मात्र आवतजावत गर्न पाउने बाध्यात्मक अबस्था सिर्जना गरिएको भन्दै माडीका स्थानीयबासीहरुले गुनासो गरेका छ्न । उनिहरुले रहरले नभै परिस्थिति र बाध्यताका कारण हिड्नु पर्ने अनिबार्य अबस्था भएकाले रिपोर्ट लाई आधार बनाउन नहुने गुनासो गरेका हुन । माडीका अधिक ब्याक्तीहरुको घर जग्गा सदरमुकाम भरतपुर रहेको तथा खेतीबालीको गोडमेल र हेरचाहा गर्ने समय भएका कारण सुरक्षा सतर्कता अप्नाएर आउजाउ र हिडन पाउनु पर्ने माग गरेका छ्न । उनिहरुले माडीमा रासायनिक मल बितरणमा सामाजिक दुरि कायम गराउन तथा सुरक्षा सजगता अप्नाउन लगाउन नसक्ने तर सुरक्षित भएर हिडनका लागि रिपोर्टको आबश्यता पर्ने नियम सान्दर्भिक नभएको गुनासो समेत गरेका छ्न । तर माडी नगरपालिकाका वडा नम्बर ९ का अध्यक्ष तथा नगरपालिकाका प्रबक्ता शिबहरी सुबेदीले रासायनिक मल बितरण लाई ब्यबस्थित बनाउदै लगिने र माडी बाहिरका मान्छेहरु समुदायमा आएर घुलमिल गर्ने भएकाले उनिहरुको पिसिआर रिपोर्ट अनिबार्य गरिएको बताउदै ब्यबहारिक पक्षलाई बिर्सन नहुने बताएका छ्न ।उनले नगरपालिका क्षेत्र भित्र निषेधाज्ञा खुकुलो बनाइएको र अत्यावश्यक काममा हिडदा अबरोध नहुने भन्दै माडीमा कोरोना संक्रमण स्थानीय स्तरमा फैलन नदिन सबैले ध्यान दिन आबश्यक भएको बताए । नगर स्तरिय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समिती माडीको केहि दिन अगाडिको बैठकले माडी प्रबेश गर्दा अनिबार्य पिसिआर रिपोर्ट देखाउनु पर्ने , सुरक्षा सतर्कता अप्नाएर बिहान ७ बजे देखि बेलुका ५ बजे सम्म पसल , ब्यबसाय संचालन गर्न सक्ने लगायतको निर्णय गरेको थियो । यसैबिच चितवनको माडीमा हाल सम्म ९५० जनाको पिसिआर परिक्षण गरिएको छ । माडी नगरपालिकाको अग्रसरतामा विभिन्न क्वारेन्टाइनमा राखिएका ४५० ब्याक्ती तथा स्वास्थ्य र सुरक्षाकर्मी लगायतको पिसिआर परिक्षण गरिएको नगर सुचना शाखा प्रमुख प्रबिण भण्डारीले बताए । माडीमा हाल सम्म ५२ जनामा कोरोना संक्रमण देखिएकोमा ४१ जना लाई सन्चो भएको तथा ९ जना माडीमा सक्रिय संक्रमीत तथा भरतपुरको परिक्षणमा थपिएका २ जना रहेको बताइएको छ । उपचारका क्रममा हाल माडीका ३ जना संक्रमीत भरतपुर अस्पतालको आइसोलेशनमा र अन्यको माडीमा उपचारका क्रममा रहेको जनाइएको छ ।

ताजा समाचार