होमपेजचितवन विशेषसिएमसीको परिक्षणमा थपिए २७ कोरोना संक्रमीत

सिएमसीको परिक्षणमा थपिए २७ कोरोना संक्रमीत

चितवन , भाद्र २० – चितवनको भरतपुर स्थित चितबन मेडिकल कलेजमा शुक्रबार गरिएको परिक्षणमा थप २७ जनामा कोरोना संक्रमण पुष्ठी भएको छ । परिक्षणका क्रममा चितबनका २१ र अन्य जिल्लाका ६ जना गरि जम्मा २७ जनामा कोरोना संक्रमण पुष्ठी भएको हो । संक्रमितहरुमा भरतपुर महानगरपालिकाका बिभिन्न वडाका मात्र १९ जना रहेका छन । संक्रमितहरुमा वडा नं १ मा २ पुरुष , वडा नं ३ मा १ महिला १ पुरुष , वडा नं ५ मा ४ महिला , वडा नं ६ मा १ पुरुष , वडा नं ७ मा १ महिला , वडा नं १० मा ३ महिला २ पुरुष , ११ मा १ पुरुष , १२ मा २ पुरुष र वडा नं २३ मा १ पुरुष रहेका छन ।

त्यस्तै  रत्ननगर नगरपालिकामा १ पुरुष र राप्ती नगरपालिकामा अर्का १ पुरुष संक्रमित देखीएका छन । उनीहरु १० बर्ष देखी ७३ बर्ष सम्मका रहेका छन । त्यस्तै चितबन बाहिरकाहरुमा मकवानपुरका २ जना , रुपन्देही १ जना , काठमाण्डौका १ जना , पर्साका १ जना र गुल्मीका १ जनामा समेत संक्रमण देखीएको हो । शुक्रवार मेडिकल कलेजको प्रयोशालामा भरतपुर अस्पताल प्रयोगशाला बाट पठाईएको बाकी ७५ र अन्य गरि १८५ नमुना परिक्षण गर्दा २७ जनामा कोरोना पोजेटिभ देखीएको हो ।

ताजा समाचार