होमपेजचितवन विशेषभरतपुरको परिक्षणमा थप ९ जनामा कोरोना संक्रमण

भरतपुरको परिक्षणमा थप ९ जनामा कोरोना संक्रमण

चितवन, भदौ २० –चितवनको भरतपुर स्थित भरतपुर अस्पताल कोभिड – १९ परिक्षण प्रयोगशालामा शुक्रवार गरिएको परिक्षणमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोभिड–१९ प्रयोगशालामा शुक्रबार राति गरिएको परीक्षणमा चितवनका भरतपुरका ७ र अन्य जिल्लाका दुई जना गरि थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । थप संक्रमितहरुमा भरतपुर महानगरपालिकाका मात्रै ७ जना रहेका छन् । उनीहरु भरतपुर महानगरपालिका वडा नं. ६, १० , ११र १४ का ४ जना पुरुष र ३ जना महिला हुन् । उनिहरुको उमेर समूह १४ देखि ४७ वर्ष रहेको छ। उनीहरुको क्वारेन्टाइन , भरतपुर अस्पताल स्वाब केन्द्र र बिपि कोइराला क्यान्सर अस्पताल बाट स्वाब संकलन गरिएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले बताइन । यसैगरी शुक्रबारकै परिक्षणमा नवलपुर गैडाकोटका एक जना पुरुष र रुपन्देहीका अर्का एक जना पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । उनिहरुको भरतपुर अस्पताल स्वाब संकलन केन्द्र बाट स्वाब लिइएको हो । शुक्रवार राति प्रयोगशालामा कुल २३४ वटा नमुना परीक्षण गरिएकोमा ९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

ताजा समाचार