Home ताजा समाचार पुल्चोकमा पत्रकारको ज्याकेट लगाएर ढुङ्गा हान्ने पक्राउ

पुल्चोकमा पत्रकारको ज्याकेट लगाएर ढुङ्गा हान्ने पक्राउ

0

काठमाडौं, भाद्र १९ – बिहीबार ललितपुरमा भएको झडपमा पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हान्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । महालक्ष्मी नगरपालिका १ का २१ वर्षीय अनिश महर्जन इमाडोलबाट पक्राउ परेका हुन् । महर्जनलाई अपराध महशाखाको टोलीले पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए । उनी पत्रकार नभएको खुलेको छ ।  पुल्चोकमा भएको झडप प्रकरणमा प्रहरीले महर्जनसहित १३ जनालाई पक्राउ गर्न सफल भएको छ । -रातो पार्टी