Home चितवन विशेष चितवनमा प्लाज्मा थेरापी वाट उपचार गरिएकी कोरोना संक्रमित महिलाको मृत्यु

चितवनमा प्लाज्मा थेरापी वाट उपचार गरिएकी कोरोना संक्रमित महिलाको मृत्यु

0

चितवन , भाद्र १९ – भरतपुरको चितवन मेडिकल कलेजमा प्लाज्मा थेरापीबाट उपचार थालिएको हेटौंडाकी महिलाको मृत्यु भएको छ ।
हेटौँडा-११ की ५२ बर्षीय महिलाको उपचारका क्रममा निधन भएको हो । भेन्टिलेटरमा राखी उपचार भइरहेकोमा आज शुक्रबार दिउँसो उनको मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले बताए । चितवनमै पहिलो पटक भरतपुरस्थित चितवन मेडिकल कलेजमा प्लाज्मा थेरापी विधीबाट उपचार शुरु गरिएको हो । उनलाइ सास फेर्न गाह्रो हुने र छाती दुख्ने समस्या भएपछि भदौ ११ गते चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएको जनाइएको छ । अस्पतालकोआइसियूमा उपचारकै क्रममा भदौ १२ गते कोरोना संक्रमण पोजेटिभ देखिएको थियो ।चितवन मेडिकल कलेजका डा. शितल अधिकारी र डा.दयाराम लम्सालको टिमले संक्रमित महिलामा प्लाज्मा थेरापीबाट उपचार शुरु गरेको थियो ।