होमपेजचितवन विशेषमाडी नगरपालिकामा जारी निषेधाज्ञा खुकुलो हुँदै

माडी नगरपालिकामा जारी निषेधाज्ञा खुकुलो हुँदै

चितवन , भाद्र १९ – चितवनको माडी नगरपालिका क्षेत्र भित्र शनिबार देखि सुरक्षाको मापदण्ड अप्नाएर व्यापार ब्यबसाय संचालन हुने भएको छ । आज शुक्रवार बसेको नगर स्तरिय काेराेना राेकथाम तथा नियन्त्रण समन्वय समिति माडीको बैठकले विभिन्न निर्णय गरे पछि शनिबार देखि माडीमा बजार पसल खोल्ने र जनजिबन बिस्तारै सहज हुने भएको हो । नगर स्तरिय काेराेना राेकथाम तथा नियन्त्रण समन्वय समिति माडीको बैठकले सुरक्षाकाे मापदण्ड अपनाई विहान ७ बजे बाट साझँ ५ बजे सम्म माडी भित्रका बजार/पसल हरू खुला राख्ने , माडी प्रवेशमा कडाईका साथ राेक लगाउने, माडी प्रवेश गर्दा अनिवार्य पिसिआर टेस्टकाे रिपाेर्ट हुनुपर्ने , तिन पाङ्ग्रे अटोमा चालक सहित ३ जना र माेटरसाईकलमा १ जना मात्रै सवार हुन पाउने लगायतको निर्णय गरेको जनाइएको छ ।

ताजा समाचार