चितवन, भदौ १९– भरतपुर स्थित चितवन मेडिकल कलेजको प्रयोगशालामा बिहिबार गरिएको परिक्षणमा थप ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्ठि भएको छ । परिक्षणका क्रममा चितवनका ५७ र चितवन बाहिरका ३१ जनामा कोरोना संक्रमण देखिएको हो ।चितवनका संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन् । भरतपुर महानगरपालिकाका विभिन्न वडाका मात्रै ४२ जनामा संक्रमण पुष्टि भएको छ । महानगरपालिकाको वडा नम्बर १० अति जोखिम देखिएको छ सो वडामा एकै पटक १० जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै राप्ती नगरपालिकाका ९जना , रत्ननगर नगरपालिकाका ३ जना, कालिका नगरपालिकाका २जना , खैरहनी नगरपालिकाका एक/एक जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै अन्य संक्रमितहरुमा तनहु , गोर्खा , रौतहट , स्याङ्जा , मकवानपुर , बारा , धनुषा , मोरङ , झापा , रुपन्देही , नुवाकोट , दाङ , कैलाली , बर्दिया , बाके , रुकुम र दार्चुलाका ३१ जनामा संक्रमण देखिएको हो । भरतपुर अस्पताल बाट सो अस्पतालमा पठाइएका बाकी ६१५ नमुना परिक्षण गर्दा ८८ वटा नमुना कोरोना संक्रमण पुष्ठि भएको हो ।