होमपेजचितवन विशेषभरतपुरको परिक्षणमा थप १८ जनामा कोरोना संक्रमण पुष्ठि

भरतपुरको परिक्षणमा थप १८ जनामा कोरोना संक्रमण पुष्ठि

चितवन, भदौ १९–चितवनको भरतपुर स्थित भरतपुर अस्पताल कोभिड – १९ परिक्षण प्रयोगशालामा बिहिबार गरिएको परिक्षणमा थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोभिड–१९ प्रयोगशालामा बिहीबार राति गरिएको परीक्षणमा चितवनका १७ र रौतहटका एक जना गरि थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । थप संक्रमितहरुमा भरतपुर महानगरपालिकाका मात्रै १४ जना रहेका छन् । उनीहरु भरतपुर महानगरपालिका वडा नं.२, ५, ६, ७, १० र ११ का स्थानिय हुन् । उनिहरुको उमेर समूह २१ देखि ८० वर्षका ८ जना पुरुष तथा २३ देखि ५९ वर्षका ६ जना महिला रहेका छन् । उनीहरुको भरतपुर अस्पताल स्वाब केन्द्र र पुरानो मेडिकल कलेजबाट स्वाब संकलन गरिएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले बताइन । यसैगरी खैरहनी नगरपालिकाका थप ३ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २२ वर्षका एक पुरुष, ३४ र ३१ वर्षका २ महिला रहेका छन् ।यस्तै रौतहटका ३३ वर्षीय एक पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । उनको भरतपुर अस्पतालबाट स्वाब संकलन गरिएको हो । बिहीबार राति प्रयोगशालामा कुल ३०२ वटा नमुना परीक्षण गरिएकोमा १८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

ताजा समाचार