होमपेजचितवन विशेषकोरोना संक्रमणका कारण भरतपुर अस्पतालमा थप एक महिलाको मृत्यु

कोरोना संक्रमणका कारण भरतपुर अस्पतालमा थप एक महिलाको मृत्यु

चितवन, भाद्र १८ – चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमीत थप एक महिलाको मृत्यु भएको छ । चितवनको राप्ती नगरपालिका वडा नम्बर ९ की ३५ वर्षीय महिलाको उपचारका क्रममा मृत्यु भएको हो । भरतपुर अस्पतालका अनुसार उनि विगत ३ महिना देखि मृगौलामा समस्या भई डायलसिस भई रहेको र भाद्र १४ गते खोकी र श्वासप्रश्वाशमा समस्या भै अस्पतालको मेडिकल आइ. सी.यु मा भर्ना गरिएको जनाइएको छ । उपचारकै क्रममा बुधबार उनको कोरोना संक्रमण पुष्टि हो । उनको स्वास्थ्य अवस्था थप जटिल हुदैँ गएपछि अस्पतालको आइसियुमा राखी भेन्टिलेटरसहित गरिएको उपचारका क्रममा आज साझ मृत्यु भएको हो । चितवनका कोरोनाका कारण हाल सम्म ११ जनाको मृत्यु भएको छ ।

ताजा समाचार