चितवन, भदौं १८– कोरोना संक्रमणका कारण चितवनमा आज बिहीबार दिउँसो थप एक जना संक्रमित पुरुषको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत पूर्वी नवलपरासी गैंडाकोट नगरपालिका वडा नम्बर २ का ३७ वर्षीय पुरुषको आज दिउँसो मृत्यु भएको हो । मृतक पुरुष मिर्गौला लगायतको रोगबाट ग्रसित रहेेेका थिए । गत भदौं ९ गते अस्पतालमा भर्ना भएका उनको भदौं १० गते कोरोना पुष्टि भएको र उनको आइसोलेसन वार्डमा उपचार भइरहेको अबस्थमा मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी बताए । यसअघि गए राति सोही अस्पतालमा भरतपुर–११ की ४० वर्षीया कोरोना संक्रमित महिलाको पनि मृत्यु भएको थियो । योसंगै चितवनमा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । जसमध्ये चितवनका १० जना रहेका छ्न ।