होमपेजचितवन विशेषसिएमसीको परिक्षणमा भरतपुरका १५ सहित १८ जनामा कोरोना संक्रमण

सिएमसीको परिक्षणमा भरतपुरका १५ सहित १८ जनामा कोरोना संक्रमण

चितवन , भाद्र १८ – भरतपुर स्थित चितवन मेडिकल कलेजको प्रयोगशालामा बुधबार गरिएको परिक्षणमा थप १८ जनामा कोरोना पुष्टि भएको छ । अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणका क्रममा चितवन भरतपुरका १५ सहित थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । थप संक्रमितहरुमा भरतपुरका १५ जना र नबलपुर गैंडाकोटका ३ जनामा संक्रमण देखिएको हो । संक्रमण देखिएकाहरुमा भरतपुर महानगरपालिका वडा नम्बर १ का १ पुरुष , वडा नम्बर ४ का १ पुरुष , वडा नम्बर १० मा महिला र पुरुष गरि ७ जना , वडा नम्बर १४ मा १ पुरुष , वडा नम्बर १६ मा १ पुरुष र वडा नम्बर १७ मा १ महिला रहेका छ्न । त्यस्तै नवलपुर गैंडाकोटका ३ महिलामा पनि संक्रमण देखिएको छ । उनिहरुको उमेर समूह १४ बर्ष देखि ६६ बर्ष रहेको छ । चितवन मेडिकल कलेजको प्रयोगशालामा बुधबार १२९ नमुना परिक्षण गरिएकोमा १८ जनामा कोरोना संक्रमण पुष्ठि भएको हो ।

ताजा समाचार