होमपेजचितवन विशेषकोरोना संक्रमणका कारण चितवनमा थप एक महिलाको मृत्यु

कोरोना संक्रमणका कारण चितवनमा थप एक महिलाको मृत्यु

चितवन, भदौं १८– कोरोना भाइरस संक्रमणका कारण चितवनमा थप एक महिलाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत थप एक महिलाको मृत्यु भएको हो । भरतपुर महानगरपालिका वडा नम्बर ११ कि ४० वर्षीया महिलाको गए राति १२ः२३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । झाडापखाला, खोकी र सोडियमको मात्रा कम भएर ती महिलालाई भदौं ५ गते चितवनल मेडिकल कलेजमा ल्याइएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले बताए । उनको उपचारकै क्रममा भदौं १० गते कोरोना रिपोर्ट पोजिटिभ देखिएको थियो । स्वास्थ्य अवस्था जटिल भएपछि ती महिलालाई सघन उपचार कक्ष (आइसीयू)मा भेन्टिलेटरका सहायताले उपचारकै क्रममा गएराती उनको मृत्यु भएको हो । यो सगै कोरोना संक्रमणका कारण  चितवनका दश जनाको ज्यान गएको छ ।

ताजा समाचार