होमपेजचितवन विशेषभरतपुरका १९ सहित चितवनका थप ३८ जनामा कोरोना संक्रमण पुष्ठि

भरतपुरका १९ सहित चितवनका थप ३८ जनामा कोरोना संक्रमण पुष्ठि

चितवन, भदौं १७ –चितवनको भरतपुर स्थित भरतपुर अस्पताल कोभिड – १९ परिक्षण प्रयोगशालामा मंगलवार गरिएको परिक्षणमा चितवनका ३८ लगायत थप ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ३८ र सर्लाहीका १ जना गरि जम्मा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । चितवनका संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका विभिन्न वडाका रहेका छन् । ती मध्ये ११ जना महिला र ८ जना पुरुष छन् । उनीहरुको भरतपुर अस्पताल स्वाब केन्द्र, पुष्पाञ्जली अस्पताल, पुरानो मेडिकल कलेज , नारायणी सामुदायिक अस्पताल र क्वारेन्टिनबाट स्वाब संकलन गरिएको जनाइएको छ । यस्तै थप संक्रमितहरुमा पूर्वी चितवनको रत्ननगर नगरपालिकाका ६ जना पुरुष र २ जना महिला रहेका छ्न । उनिहरुको बकुलहर अस्पताल बाट स्वाब लिइएको हो । त्यसैगरी थप संक्रमितहरुमा खैरहनी नगरपालिकाका १ पुरुष र ३ महिलामा संक्रमण देखिएको छ । त्यस्तै कालिका नगरपालिकामा ३ पुरुष २ महिला , माडी नगरपालिकाका १ पुरुष र १ महिलामा र चितवन बाहिर सर्लाहीका १ पुरुषमा कोरोना संक्रमण भएको हो ।उनिहरु सबैको उमेर समूह १६ बर्ष देखि ७७ बर्ष सम्म रहेको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् । प्रयोगशालामा मङलबार २१८ नमुना परिक्षण गर्दा ३९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

ताजा समाचार