होमपेजचितवन विशेषभरतपुर अस्पतालको प्रयोगशाला बाट पठाइएको नमुनाको चितवन मेडिकल कलेजमा परिक्षण हुँदै

भरतपुर अस्पतालको प्रयोगशाला बाट पठाइएको नमुनाको चितवन मेडिकल कलेजमा परिक्षण हुँदै

चितवन, भदौं १७ – चितवनको भरतपुर स्थित भरतपुर अस्पताल कोभिड – १९ परिक्षण प्रयोगशालामा परिक्षणका लागि विभिन्न अस्पताल बाट अधिक संख्यामा स्वाब आउन थाले पछि करिब ८ सय नमुना चितवन मेडिकल कलेज पठाइएको छ । प्रयोगशालामा दैनिक ५ सयको संख्यामा स्वाब परिक्षणका लागि आउने गरेको भएपनि सो अनुरुप नमुना परिक्षण गर्न नसकिए पछि स्वाबहरु अन्यत्र पठाइएको हो । दैनिक सयौको संख्यामा नमुना परिक्षणका लागि प्रयोगशालामा आउने गरेको भए पनि सो अनुसारको क्षमता नभएका कारण ढिलो हुने गरेकाले अहिलेको अबस्थामा संक्रमीत छिटो पत्ता लगाउने उदेश्यले ७७८ नमुना परिक्षणका लागि चितवन मेडिकल कलेज पठाइएको भरतपुर अस्पताल कोभिड – १९ परिक्षण प्रयोगशालाका प्रमुख डाक्टर नितु अधिकारीले बताइन । हाल लाई शुल्क लिएर या निशुल्क एकिन नभएको भएपनि आफुहरुले निशुल्क परिक्षणका लागि पत्र सहित नमुना पठाएको उनको भनाइ छ । प्रयोगशालामा हाल भदौ १४ र १५ गतेको करिब ४ सय नमुना परिक्षण गर्न बाकी रहेको जनाइएको छ । अहिलेको विषम परिस्थितिमा छिटो भन्दा छिटो नमुना परिक्षण गरि संक्रमितहरुको पहिचान हुनु आबश्यक भएकोले पहिलो चरणमा भरतपुर अस्पतालको प्रयोगशाला बाट प्राप्त नमुनाहरुको परिक्षण सुरु गरिएको चितवन मेडिकल कलेजका अस्पताल निर्देशक डाक्टर दयाराम लम्सालले बताए । भरतपुर अस्पताल बाट प्राप्त भएका नमुनाको परिक्षणको रकमका विषयमा हाल सम्म कुनै पनि निर्णय भै नसकेको बताउदै अस्पतालको समन्वयमा परिक्षण गरिएको र बिहीवार साझ सम्म सबै नमुनाको नतिजा आइसक्ने उनको भनाइ छ । भरतपुर अस्पताल कोभिड प्रयोगशाला बाट चितवन मेडिकल कलेजमा अहिले पठाइएका नमुनाहरु बिपि कोइराला क्यान्सर अस्पताल लगायत बाट स्वाब लिइएको नमुनाहरु हुन ।

ताजा समाचार