Home चितवन विशेष चितवनका १३ सहित थप २३ जनामा कोरोना संक्रमण पुष्ठि

चितवनका १३ सहित थप २३ जनामा कोरोना संक्रमण पुष्ठि

0

चितवन,भदौं १७ – चितवन भरतपुर स्थित चितवन मेडिकल कलेजको प्रयोगशालामा मंगलबार गरिएको परिक्षणमा थप २३ जनामा कोरोना पुष्टि भएको छ । चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परिक्षणका क्रममा चितवनका १३ सहित २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रयोगशालाको परिक्षणमा भरतपुर नगरपालिकाका विभिन्न वडाका १० जना , रत्ननगर नगरपालिकाका १ जना , राप्ती नगरपालिकाका एक , इच्छाकामना गाउअपालिकाका एक जना तथा अन्य जिल्लका १० जना गरि २३ जनामा कोरोना संक्रमण पुष्ठि भएको हो । संक्रमण देखिएकाहरुमा भरतपुर महानगरपालिका वडा नम्बर १ मा १ पुरुष , वडा नम्बर २ मा १ पुरुष , वडा नम्बर ३ मा १महिला र १ पुरुष , वडा नम्बर ८ मा पुरुष म, वडा नम्बर ९ मा १ महिला , वडा नम्बर १० मा २ पुरुष , वडा नम्बर २१ मा महिला र वडा नम्बर २६मा १ महिला रहेका छ्न । त्यस्तै रत्ननगर नगरपालिका वडा नम्बर १ मा एक पुरुष , राप्ती नगरपालिका वडा नम्बर ४ मा १ महिला तथा इच्छा गाउपालिका वडा नम्बर ५ मा १ पुरुष संक्रमीत भएका हुन। संक्रमितहरु ४ बर्षकि बालिका देखि ६४ बर्ष सम्मका छ्न ।यस्तैअन्य संक्रमितहरुमा ,नवलपुर कावासोतीका १ पुरुष , देबचुलीका २ जना महिला र २ जना पुरुष , गैंडाकोटका ३ जना महिला र एक जना पुरुष , दाङका एक जना महिला र धनुषाका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको प्रयोगशालामा बुधबार राती १९० नमुना परिक्षण गरिएकोमा २३जनामा कोरोना संक्रमण देखिएको हो ।