होमपेजचितवन विशेषचितवन र काठमाडौको परिक्षणमा थप ४८ जनामा कोरोना संक्रमण पुष्ठि

चितवन र काठमाडौको परिक्षणमा थप ४८ जनामा कोरोना संक्रमण पुष्ठि

चितवन, भदौं १६ –चितवनको भरतपुर स्थित भरतपुर अस्पताल कोभिड – १९ परिक्षण प्रयोगशाला र धुलिखेल परिक्षण प्रयोगशालामा मङलबार गरिएको परिक्षणमा चितवनका ४१ जना सहित थप ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुरको परिक्षणमा भरतपुर महानगरपालिकाका विभिन्न वडाका १६ जना पुरुष र १० जना महिला तथा धुलिखेल परिक्षण प्रयोगशालामा गरिएको परीक्षणमा २ जना पुरुष र ११ जना महिला लाई संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ । ती मध्ये २१ जना पुरुष र १४ जना महिला रहेको भरतपुर अस्पतालले जनाएको छ । उनिहरुको उमेर समूह २१ बर्ष देखि ८० बर्ष रहेको छ । त्यस्तै भरतपुरमा गरिएको परिक्षणमा रत्ननगर नगरपालिकाका २७ बर्षका १ महिला , राप्ती नगरपालिकाका ३५ बर्षका एक महिलामा पनि संक्रमण देखिएको छ । त्यसैगरी नबलपरासीका २ जना पुरुष , १ जना महिला तथा धनुषा , रुपन्देहि , सिराहामा एक एक जना पुरुष र बाराका एक महिलामा समेत कोरोना संक्रमण देखिएको छ । मंगलबार चितवनको २८५ नमुना मध्ये ३५ र धुलिखेल परिक्षण प्रयोगशालामा ७५५ नमुना मध्ये १३ जनामा कोरोना संक्रमण पुष्ठि भएको हो ।

ताजा समाचार