होमपेजताजा समाचारभारतिय पूर्वराष्ट्रपति मुखर्जीको निधन

भारतिय पूर्वराष्ट्रपति मुखर्जीको निधन

एजेन्सी, भाद्र १५ – भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ। ८४ वर्षिय मुखर्जीको उपचारका क्रममा निधन भएको हो ।८४ वर्षीय पूर्वराष्ट्रपति मुखर्जीको निधन भएको उनका छोरा अभिजितिले ट्वीटरमार्फत जानकारी दिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । सोमबार अस्पतालले दिएको जानकारीअनुसार उनको फोक्सोको संक्रमणका कारण उनलाई सेप्टिक सक भएसँगै अवस्था गम्भिर बन्दै गएको थियो । हालसालै मात्र मस्तिष्कको अप्रेसन गरिएका मुखर्जीलाई गत अगस्ट १० मा  कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो।  ।

भारत रत्नबाट विभुषित मुखर्जी  सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति थिए । उनी सन् २००९ देखि २०१२ सम्म रक्षामन्त्री र सन् २००४ देखि २००६ सम्म विदेशमन्त्री थिए ।

ताजा समाचार