होमपेजचितवन विशेषमोटरसाइकल र स्कुटी एक आपसमा ठोक्किदा दुई गम्भिर घाइते

मोटरसाइकल र स्कुटी एक आपसमा ठोक्किदा दुई गम्भिर घाइते

चितवन , भाद्र १५ – चितवनको भरतपुर स्थित सडक डिभिजन कार्यालय अगाडि आज साझ मोटर साइकल र स्कुटी एक आपसमा ठोक्किदा दुई जना गम्भीर घाइते भएका छ्न । मालपोत चोक बाट आपटारी तर्फ जाँदै गरेको प्रदेश ३ ०३ – ००१ प ५३७८ नम्बरको मोटरसाइकल र तालिम केन्द्र तिर बाट मातपोत चोक आउदै गरेको ना ४७ प ९१२ नम्बर स्कुटी एक आपसमा ठोकिदा दुबै चालक गम्भीर घाइते भएका हुन । घाइते दुबैको पहिचान हुन नसकेको उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । बाइपास रोडको सडक निर्माणका क्रममा निर्माण कम्पनीले खाल्डा खुल्डि नपुरेका कारण सबारी साधन असन्तुलन भएका कारण दुर्घटना भएको स्थानियबासीले बताएका हुन । उक्त ठाउमा पटक पटक दुर्घटना हुने गरेको उनिहरुको भनाइ छ ।

ताजा समाचार