Home ताजा समाचार आज ८९९ कोरोना संक्रमित थपिए

आज ८९९ कोरोना संक्रमित थपिए

0

काठमाडौं, भाद्र १५ – नेपालमा कोरोना भाइरसका आज  ८ सय ९९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ३९  हजार ४ सय  ६० पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आज ११ हजार १ सय २९ जनाको पिसीआर परिक्षण गर्दा ८ सय ९९ जनाको रिर्पोट पोजेटिभ आएको हो ।  आजसम्म २१ हजार ४  सय  १० जना संक्रमणमुक्त भएका छन् ।