होमपेजचितवन विशेषचितवन मेडिकल कलेजको परिक्षणमा थप २४ जनामा कोरोना संक्रमण

चितवन मेडिकल कलेजको परिक्षणमा थप २४ जनामा कोरोना संक्रमण

चितवन,भदौं १५- भरतपुर स्थित चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परिक्षणमा थप २४ जनामा कोरोना पुष्टि भएको छ । चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परिक्षणका क्रममा चितवनका १७ सहित २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रयोगशालाको परिक्षणमा भरतपुरका १५ जना र रत्ननगरका २ जना तथा अन्य जिल्लका ७ जना गरि २४ जनामा कोरोना संक्रमण पुष्ठि भएको हो । संक्रमण देखिएकाहरुमा भरतपुर महानगरपालिका वडा नम्बर २ मा १ महिला , वडा नम्बर ३ मा २ महिला , वडा नम्बर ६ मा १ महिला , वडा नम्बर ९ मा १ महिला , वडा नम्बर १० मा ३ महिला ३ पुरुष , वडा नम्बर १२ मा १ पुरुष , वडा नम्बर १४ मा १ महिला , वडा नम्बर १८ मा १ पुरुष र वडा नम्बर २९ मा १ महिला रहेका छ्न । त्यस्तै रत्ननगर नगरपालिका वडा नम्बर ८ र १४ मा एक एक महिला संक्रमीत भएका हुन।यस्तैअन्य संक्रमितहरुमा मकवानपुरका ३ जना,नवलपुरका ३ जना र नवलपरासीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनिहरुको उमेर समूह १ बर्ष देखि ७८ बर्ष रहेको छ । चितवन मेडिकल कलेजको प्रयोगशालामा आइतबार राती १५९ नमुना परिक्षण गरिएकोमा २४ जनामा कोरोना संक्रमण पुष्ठि भएको हो ।

ताजा समाचार