होमपेजचितवन विशेषकोरोना संक्रमणका कारण चितवनमा थप एक पुरुषको मृत्यु

कोरोना संक्रमणका कारण चितवनमा थप एक पुरुषको मृत्यु

चितवन, भदौं १५– कोरोना भाइरस संक्रमणबाट चितवनमा थप एक जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका वडा नम्बर ६ केशरबागका ७८ वर्षीय पुरुषको आज सोमबार विहान मृत्यु भएको हो । ती पुरुषलाई भदौं २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । श्वासप्रश्वासमा गम्भिर समस्या भई ती पुरुषलाई भदौं ६ गते भरतपुर अस्पताल ल्याइएको अस्पतालका कोभिड–१९ क्लिनिकल कोअर्डिनेटर डा.प्रमोद पौडेलले जानकारी दिएका छ्न । उनको अवस्था जटिल हुँदै गएपछि कोभिड सघन कक्ष (आइसीयू)मा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो । यससंगै चितवनमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ भने संक्रमितको संख्या ७ सय नाघेको छ ।

ताजा समाचार