होमपेजचितवन विशेषभरतपुरको परिक्षणमा आइतबार राती थप २१ जनामा कोरोना संक्रमण

भरतपुरको परिक्षणमा आइतबार राती थप २१ जनामा कोरोना संक्रमण

चितवन, भदौं १५–चितवनको भरतपुर स्थित भरतपुर अस्पताल कोभिड – १९ परिक्षण प्रयोगशालामा आइतबार राति थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा चितवनका १८ जना, गोरखा, रुपन्देही र पूर्वी नवलपरासीका एक एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
चितवनका संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका विभिन्न वडाका रहेका छन् । ती मध्ये ६ जना महिला र ६ जना पुरुष छन् । उनीहरुको भरतपुर अस्पताल स्वाब केन्द्र, पुष्पाञ्जली अस्पताल, पुरानो मेडिकल कलेज र क्वारेन्टिनबाट स्वाब संकलन गरिएको जनाइएको छ । यस्तै थप संक्रमितहरुमा पूर्वी चितवनको राप्ती नगरपालिकाका ६ जनामा संक्रमण देखिएको छ । उनिहरु १० महिने शिशुसहित ४ महिला र २ जना पुरुष छन् । उनीहरुको राप्ती क्वारेन्टिनबाट स्वाब संकलन गरिएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् । यसैगरि गोरखाका ४० वर्षीय एक पुरुष, रुपन्देहीका ६५ वर्षीया एक महिला र पूर्वी नवलपरासीका २४ वर्षीय एक पुरुषमा समेत संक्रमण पुष्टि भएको छ । उनीहरुको भरतपुर अस्पताल, क्यान्सर अस्पताल र पुरानो मेडिकल कलेजबाट स्वाब संकलन गरिएको हो । चितवनमा संक्रमितको संख्या ७ सय नाघेको छ ।

ताजा समाचार