चितवन, भदौं १४– धुलिखेल परिक्षण प्रयोगशालामा आइतबार गरिएको परिक्षणमा चितवनका थप ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । धुलिखेल परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका ३५ जनामा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ । ती मध्ये २१ जना पुरुष र १४ जना महिला रहेको भरतपुर अस्पतालले जनाएको छ । अस्पतालको अध्यावधिक विवरण अनुसार धुलिखेल परिक्षण प्रयोगशाला बाट पिसिआर परिक्षण भएका ४६७ मध्ये ६१ वटा नमुनाको नतिजा कोरोना पोजिटिभ देखिएको र उक्त पोजिटिभ ६१ मध्ये २६ ओटा नमुनाको यस अघि नै अध्यावधिक गरिसकिएको जनाइएको छ । चितवनका अझै केही नमुनाहरु परिक्षण गर्न बाँकि रहेको र परिक्षणको क्रममा रहेको जनाइएको हो ।यसअघि आजै दिउँसो टेकु प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुरका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।